Tuesday, November 17, 2009

दुई रुपैया

सधै जस्तै अलार्मको आवाजमा बिउँझीन्छु म
जिउ तन्काउदै सिरक पन्छ्याउछु अल्छि मान्दै
छेउमै भएको मोबाईल मा आउछ एउटा टेक्स्ट मेसेज
'आज ११ बजे मलमा आउ है?'

लस्याङ लुसुङ गर्दै नुहाउछु गिजरको पानी तताउदै
फर्केर कोठामा आउँदा तातो ततातोतो कफि कुरिरहेको हुन्छ
कफिको चुस्की सँगै म समाचार हेर्छु बिहानको
र साहानूभुति दिन्छु गरीबी पीडितलाई।

समाचारमा देखाउछ भोकमरी पीडित मानिसहरु
म आफुलाई त्यो स्थानमा राखेर कल्पना पनि गर्न सक्दिन
एकछिन पछी मन नलागी नलागी किचनमा जान्छु
मल जन तयार हुन्छु खाना खाइ सिध्याइ।

केहीबेर शपिङ हुन्छ मलमा, साथैमा मेरा साथी भाई
खाजा खान्छु त्यही को स्पेसीयालिटी रेस्टुरेन्टमा
त्यसपछी न्यूरोडको बाटो समात्छौ बशन्तपुर घुम्नलाई।

हिड्दा हिड्दै मेरो खुट्टा एउटा कचौरामा ठोकिन्छ
'सरी है' भन्छु म, छेउमा एउटा आन्धो बच्चा हुन्छ
म आफुले समाचारमा देखेको भोकमरी पीडित सम्झिन्छु
अनी पर्सेबाट दुई रुपैयाको सिक्का झिकेर त्यही कचौरामा रखिदिन्छु।

अली पर पुग्छु म जुद्द सालिक निर
तर भुगोल पार्कमा त्यो बच्चाले बजाएको मादल घन्किन्छ
मैले दिएको सिक्काको दुई पाटा जस्तै हो हामी दुई को जिन्दगी
मेरो'हेड' अनी तेस्को 'टेल'।

4 comments:

नवराज said...

धेरै राम्रो कविता । धन्यवाद छ तपाईलाई ।

diNesh said...

Heartful and Compassionate.

Anonymous said...

soltini ko site ta babal rahaycha ni

sudip bahadur khadka said...

के हो उशा? तिमी त कवयित्रीनै बन्छौ कि के हो? तर यो चाही कबिता भन्दा लेख लेख्दा राम्रो देखिन्छ होला जस्तो लाग्छ। मेरो बिचारमा। anyway its good....