Saturday, November 14, 2009

म सपना देख्छु

हरेक दिन म त्यही सपना बुन्छु
तर म सधैं झस्केर बिउँझीन्छु
सपना पुरा होला नहोला, दोसांधमा हुन्छु
त्यही पनि म त्यही सपना बुन्छु।

म लालायित हुन्छु सपनाको पछी लाग्न
म त्यस्कै पछी दगुर्छु
बाटोको हरेक अवरोधलाई पन्छ्याउछु म
म अगाडि लम्किरहन्छु।

टोलाउछु म सपनाको चिन्तनमा
सपना पुरा नहोला भनेर आत्तिन्छु
सुस्ताएका पाइलालाई तन्क्याउछु म
गन्त्ब्यतर्फ अघी बद्छु।

रुन्छु म अनी कराउछु कहिले
कहिले म जोड जोड चिच्याउछु
झुक्छु,निहुरिन्छु समय समयमा
सपना पुरा गर्न हर काम गर्न तयार हुन्छु।

बेला बखत अत्तिन्छु म, लर्खराउछन मेरा पाइला
सन्त्रासमा पनि म सपना कै बाटो समात्छु
दुनियाँ सँग बाद्छु म मेर सपना
म सपना पुर गर्न चाहन्छु।

निस्तेज भएक आँखाले पनि
म स्वतन्त्र भविश्यको सपना देख्छु
गौरवशाली ईतिहास सम्झिन्छु म
त्यही ईतिहास सबल बनाउन खोज्छु।

हरेक श्वासमा म सपनाको गीत सुसेल्छु
सपनाकै गीतलाई म दुनियाँ सामु सुनाउन चाहन्छु
धुवाँ झैं बिलाईजाने यो जीवनमा
म सपना सँगै समाधि लिन चाहन्छु।

म हुँ आम नेपाली नगरिक
शान्तिको सपना देख्छु
आफ्नो जीवन त्यसकै निमित्त अर्पण गर्छु
म शान्तिको सपना देख्छु।

No comments: