Tuesday, November 17, 2009

दुई रुपैया

सधै जस्तै अलार्मको आवाजमा बिउँझीन्छु म
जिउ तन्काउदै सिरक पन्छ्याउछु अल्छि मान्दै
छेउमै भएको मोबाईल मा आउछ एउटा टेक्स्ट मेसेज
'आज ११ बजे मलमा आउ है?'

लस्याङ लुसुङ गर्दै नुहाउछु गिजरको पानी तताउदै
फर्केर कोठामा आउँदा तातो ततातोतो कफि कुरिरहेको हुन्छ
कफिको चुस्की सँगै म समाचार हेर्छु बिहानको
र साहानूभुति दिन्छु गरीबी पीडितलाई।

समाचारमा देखाउछ भोकमरी पीडित मानिसहरु
म आफुलाई त्यो स्थानमा राखेर कल्पना पनि गर्न सक्दिन
एकछिन पछी मन नलागी नलागी किचनमा जान्छु
मल जन तयार हुन्छु खाना खाइ सिध्याइ।

केहीबेर शपिङ हुन्छ मलमा, साथैमा मेरा साथी भाई
खाजा खान्छु त्यही को स्पेसीयालिटी रेस्टुरेन्टमा
त्यसपछी न्यूरोडको बाटो समात्छौ बशन्तपुर घुम्नलाई।

हिड्दा हिड्दै मेरो खुट्टा एउटा कचौरामा ठोकिन्छ
'सरी है' भन्छु म, छेउमा एउटा आन्धो बच्चा हुन्छ
म आफुले समाचारमा देखेको भोकमरी पीडित सम्झिन्छु
अनी पर्सेबाट दुई रुपैयाको सिक्का झिकेर त्यही कचौरामा रखिदिन्छु।

अली पर पुग्छु म जुद्द सालिक निर
तर भुगोल पार्कमा त्यो बच्चाले बजाएको मादल घन्किन्छ
मैले दिएको सिक्काको दुई पाटा जस्तै हो हामी दुई को जिन्दगी
मेरो'हेड' अनी तेस्को 'टेल'।

Dream Driven...

video

Saturday, November 14, 2009

म सपना देख्छु

हरेक दिन म त्यही सपना बुन्छु
तर म सधैं झस्केर बिउँझीन्छु
सपना पुरा होला नहोला, दोसांधमा हुन्छु
त्यही पनि म त्यही सपना बुन्छु।

म लालायित हुन्छु सपनाको पछी लाग्न
म त्यस्कै पछी दगुर्छु
बाटोको हरेक अवरोधलाई पन्छ्याउछु म
म अगाडि लम्किरहन्छु।

टोलाउछु म सपनाको चिन्तनमा
सपना पुरा नहोला भनेर आत्तिन्छु
सुस्ताएका पाइलालाई तन्क्याउछु म
गन्त्ब्यतर्फ अघी बद्छु।

रुन्छु म अनी कराउछु कहिले
कहिले म जोड जोड चिच्याउछु
झुक्छु,निहुरिन्छु समय समयमा
सपना पुरा गर्न हर काम गर्न तयार हुन्छु।

बेला बखत अत्तिन्छु म, लर्खराउछन मेरा पाइला
सन्त्रासमा पनि म सपना कै बाटो समात्छु
दुनियाँ सँग बाद्छु म मेर सपना
म सपना पुर गर्न चाहन्छु।

निस्तेज भएक आँखाले पनि
म स्वतन्त्र भविश्यको सपना देख्छु
गौरवशाली ईतिहास सम्झिन्छु म
त्यही ईतिहास सबल बनाउन खोज्छु।

हरेक श्वासमा म सपनाको गीत सुसेल्छु
सपनाकै गीतलाई म दुनियाँ सामु सुनाउन चाहन्छु
धुवाँ झैं बिलाईजाने यो जीवनमा
म सपना सँगै समाधि लिन चाहन्छु।

म हुँ आम नेपाली नगरिक
शान्तिको सपना देख्छु
आफ्नो जीवन त्यसकै निमित्त अर्पण गर्छु
म शान्तिको सपना देख्छु।

शिवानी..


हरेक दिन जस्तै शिवानी मुख फुलाउदै घर फर्की। रुँदा रुँदा सुन्निएका आँखा अनी राता भएका गालाले फेरी स्कुलमा दोहोरिएको त्यही घटना को बर्णन गर्दै थियो। ढोका खोल्न नपाउदै आफ्नी आमालाई घप्लक्क आँगलो मार्दै आँसुको गंगा-जमुना बग्न थाले ति निर्दोस आँखाबाट।
आमाले आँसु पुछ्नलाई आफ्नी छोरीको अनुहार हेरिन् र फेरी पनि नाजवाफ भईन्। प्रत्येक दिन छोरीको आँखामा त्यही प्रश्न हुन्थ्यो-"आमा मैले के बिरायें र? किन सबै जना मलाई हेप्छन्?"
बल्ल बल्ल थामेका आस्रुधारालाई पुछेर आमाले शिवानीको मुख धोइदिईन् र बोकेर कोठा सम्म पूर्याइन्। दुबै आमा छोरी चुपचाप भएकाले सधैं झै त्यो घर सुन्सान थियो। केटाकेटी भएका अरु घर जस्तो बातावरण त्यँहा थिएन। लुगा फेराएपछी भान्छामा खाजा बनाउन आमा हतार गर्न थालिन् र शिवानीलाई किताब कपी दिएर हिँडिन्।
त्यो बालमस्तिस्कमा दिनभरिका कुरा खेल्न थाले, सधैं जस्तै। थाहा नपाई हातमा बोकेको कलम फुत्त भुइँमा खस्यो। खाटमा बसेकी त्यो सानी केटीले सकी नसकी भुइँमा ओर्लेर कलम त टिपी तर फेरी कसरी चडने भन्ने ठम्याउन नसकेर ठुस्स परेर बसी। त्यही बेला तातो तातो खाजा लिएर आमा कोठामा आइन् र खाट माथि पत्रीका ओच्छ्याएर खाजा राखिन्। केही प्रतिकृया नदिइ उनले छोरीलाई पहिलेकै ठाउँमा बसाइदिइन्। दुबैले सुमुसुमु खाजा खाईसिद्याएका मात्र थिए ढोकामा घन्टीको आवाज आयो। हत्तारिदै आमाले ढोका खोलिन् र खुशीले उथल पुथल भएको आवाजमा भनिन्-"नानु बाबा आउनु भयो।"
"शिवानीलाई यहाँ लिएर आऊ छिटो!" बाबाले भने। आमाको अंगालोमा बेरिएर आउँदै गरेकी शिवनी बाबालाई देखेर हुत्तिदै अगाडि आई। "बाबा,ब त म पनि हिँडन् सक्ने हुन्छु है? आज बैशाखी ल्याइदिनु भएछ है?"
"हो नानु, अब तिमीलाई कसैले हिँड्न नसक्ने भनेर हेप्दैन। पोलियो लाग्दैमा के भयो त, पढाईमा त तिमी तगडा छौ नि हैन?"