Saturday, November 14, 2009

शिवानी..


हरेक दिन जस्तै शिवानी मुख फुलाउदै घर फर्की। रुँदा रुँदा सुन्निएका आँखा अनी राता भएका गालाले फेरी स्कुलमा दोहोरिएको त्यही घटना को बर्णन गर्दै थियो। ढोका खोल्न नपाउदै आफ्नी आमालाई घप्लक्क आँगलो मार्दै आँसुको गंगा-जमुना बग्न थाले ति निर्दोस आँखाबाट।
आमाले आँसु पुछ्नलाई आफ्नी छोरीको अनुहार हेरिन् र फेरी पनि नाजवाफ भईन्। प्रत्येक दिन छोरीको आँखामा त्यही प्रश्न हुन्थ्यो-"आमा मैले के बिरायें र? किन सबै जना मलाई हेप्छन्?"
बल्ल बल्ल थामेका आस्रुधारालाई पुछेर आमाले शिवानीको मुख धोइदिईन् र बोकेर कोठा सम्म पूर्याइन्। दुबै आमा छोरी चुपचाप भएकाले सधैं झै त्यो घर सुन्सान थियो। केटाकेटी भएका अरु घर जस्तो बातावरण त्यँहा थिएन। लुगा फेराएपछी भान्छामा खाजा बनाउन आमा हतार गर्न थालिन् र शिवानीलाई किताब कपी दिएर हिँडिन्।
त्यो बालमस्तिस्कमा दिनभरिका कुरा खेल्न थाले, सधैं जस्तै। थाहा नपाई हातमा बोकेको कलम फुत्त भुइँमा खस्यो। खाटमा बसेकी त्यो सानी केटीले सकी नसकी भुइँमा ओर्लेर कलम त टिपी तर फेरी कसरी चडने भन्ने ठम्याउन नसकेर ठुस्स परेर बसी। त्यही बेला तातो तातो खाजा लिएर आमा कोठामा आइन् र खाट माथि पत्रीका ओच्छ्याएर खाजा राखिन्। केही प्रतिकृया नदिइ उनले छोरीलाई पहिलेकै ठाउँमा बसाइदिइन्। दुबैले सुमुसुमु खाजा खाईसिद्याएका मात्र थिए ढोकामा घन्टीको आवाज आयो। हत्तारिदै आमाले ढोका खोलिन् र खुशीले उथल पुथल भएको आवाजमा भनिन्-"नानु बाबा आउनु भयो।"
"शिवानीलाई यहाँ लिएर आऊ छिटो!" बाबाले भने। आमाको अंगालोमा बेरिएर आउँदै गरेकी शिवनी बाबालाई देखेर हुत्तिदै अगाडि आई। "बाबा,ब त म पनि हिँडन् सक्ने हुन्छु है? आज बैशाखी ल्याइदिनु भएछ है?"
"हो नानु, अब तिमीलाई कसैले हिँड्न नसक्ने भनेर हेप्दैन। पोलियो लाग्दैमा के भयो त, पढाईमा त तिमी तगडा छौ नि हैन?"

2 comments:

Anonymous said...

luks like it resembles ur lyf. or watsoever.

itsmysite said...

resemble my life???
Fingers crossed...dun wanna suffer frm nything as such!!