Saturday, May 23, 2009

मन

बिछिप्त मन को बेदना
बेगले बग्ने आसुको बहाव
विकराल छ मनको मर्म
बुझिदिने को छ खै?

निरिह भई निहुरिएका नयन
निरासाले निमिट्यान्न भएका हासो
निर्मोहिका ति निरस वचन
बिर्साइदिने छ र कोही?

सपनाको त्यो सुन्दर सहर
सुनौलो संसारको सुकुमार
सोच्दैछु म त्यो सपना
सम्भव बनाउने सौभाग्य होला कतै?