Friday, May 29, 2009

आँखामा माया

शब्द खोज्दा शब्दकोश सकियो
भेटिन कुनै एक
माया यो अचम्म को
बुझिन्छ बोली बाहेक

आँखा को भाखा आनौठो लग्ने
सुरिलो सुर झै मिठो
तिर्खा हो कस्तो मेटिन्न कहिले
तर बित्छ हरेक पल छिटो

मनमा कुरा लुकाउन खोज्दा
आँखाले सबै बोल्यो
होइन भनी ओठले भने
तर लाजले आँखा निहुरियो ।

No comments: