Friday, May 29, 2009

म, मनसुन र तिमी

मनसूनको पानी जस्तो तिम्रो आगमन
क्षणभरलाई हरियाली दिएर जाने
मन मस्तिस्कमा तरंग ल्याउने तिमी
फेरी खडेरिमै म बाचिरहेछु।

उजाड र रुखो मौसममा पहिलो थोपाको सुगन्ध
त्यही सुगन्ध छर्ने तिम्रो आगमन
फेरी सोही बासनाको आनन्द लिन
अर्कोपल्टको त्यही मौसम म कुर्दै छु।

रसिलो बातावरणमा पाउलिने यो मन
मायाको प्याला तिम्रो चाहदैछ
तिम्रो त्यो भरिलो मायाको आसमा
मेरो मन मनसुन कुर्दै छ।

3 comments:

आकार said...

कविता त एकदमै जबरजस्त छ । अनि सँधै एकैनास पनि हुँदैन । कहिले घाम कहिले पानी भन्या जस्तै हो यो पनि । कहिले खडेरी त कहिले मनसुन ।

कुनैदिन फेरी हरियाली पक्कै छाउनेछ, वातावरण मा !

Pablo said...

Well composed. Waiting for another such Monsoon from your pen. :)

itsmysite said...

Monsoon ta haina......Chittai mero dimag ma Khaderi suru hola jasto cha!!