Thursday, November 27, 2008

तेरो महत्व!

त्यो ग्रिश्म याममा झरेको हिउको अर्थ के?
त्यही पग्लीजाने हिउ सरी तेरो महत्व!
निभ्नलागेको दियोको अर्थ छैन मेरो लागि
त्यहिनै तेरो अस्तित्व भो!

बर्खामा बग्ने खहरेको खडेरीमा अस्तित्व के?
सुकेको त्यही बहाव तेरो हो!
कटु वचन तेरो पक्कै होला
तेरो प्रत्येक आवाज सुन्ने मेरो कान अब देखी बन्द भो!

1 comment:

राजन खत्री said...

उषा जी कविता छोटो भएपनि एकदम रार्म्रो छ तर यो तेरो भनेर हजुरले कसलाई सम्बोधन गर्न खोजेको हो कृपया प्रष्ट पारिदिनु हुन अनुरोध गर्दछु .