Wednesday, November 12, 2008

सायद् फेरी ढिलो भयो

मैले ढिलो गरे
तिम्रो भावना बुझ्न मैले पक्कै गल्ती गरे
तिमी त मलाई कुर्दै थियौ
समय बितेको थाहै पाइन।

बर्सौ सम्म प्रयास गर्यौ
मन मा भएका तिता मिठा कुर भन्न
सायद् मेरो मन नै ढुङ्गा को थियो होला
कुनै बिलाप ले मन पग्लिएन

एक दिन बोलयौ कतै
थुप्रै कुरा भन्नु छ भनेर
म त्यहा पुग्दा कोही थिएन
केवल मेरो नाम मा पत्र छोडेछौ

पढे त्यो चिट्ठी मैले
थाहा पाये तिमी टाढा जादै छौ भनेर
त्यहा जो कोही पुग्न सक्दैन थियो
मैले चाहेर पछ्याउन सकिन

बर्सौ को भावना चिट्ठी मा पोखेर
आफ्नो पिडा संगै माटो मा विलिन भयौ
म तेसै टोलाई रहे
सोचे एस्पल्ट पनि मैले तिमीलाई बुझ्न ढिलो गरे।

2 comments:

Aakar said...

अनि किन, ढिला गरेको त ???

itsmysite said...

खै! सोच्दा सोच्दै कत्ती छिटो समय गयो थाहा भएन!