Friday, April 16, 2010

'मिस हुन थाल्यौ'

खालिपन छ कता कता
प्रतिक्ष्यामा कुर्ने आँखा पनि सुन्यतामा हराएका छन्,
ओठहरु स्विकार गर्न असमर्थ छन,
तर मनले भन्दै छ,'मिस हुन थाल्यौ'।

कमी छ आज खै के हो म मा
एकोहोरो भएका छन भावनाहरु
हरेक सोचको अन्त्य तिमीमै हुँदै छ
सांचै नै, तिमी मिस हुन थाल्यौ।

म तुलना गरुँ त के सँग?
औँसीको रातमा चन्द्रमा;
खडेरीको मौसममा झरी; वा
कुहिरोले ढाकेको बिहानीमा उषा?
त्यो सबैभन्दा म मा तिमी मिस हुन थाल्यौ!

7 comments:

Aakar said...

लौ, अब बब्बाल हुने भएछ, किनकी 'तिमी मिस हुन थाल्यौ' रे ! हे हे हे
रमाइलो र मिठो छ है, कविता !!!

Prabesh said...

साह्रै मिठो लाग्यो हौ....कति भाग्यमानी होला त्यो 'मिस' हुने मान्छे !

Basanta said...

मिठो छ! यो 'मिस' को ठाऊँमा कुनै नेपाली शब्द राख्नसके झन् राम्रो हुन्थ्यो। अंग्रेजी शब्दसंग विमति होइन मेरो, कविता पूरै नेपालीमा भएकोले यो त्यति मिलेन कि भन्ने मात्रै हो।

itsmysite said...

Yaha bhayeko 'miss hunathalyou' nai main theme ho...ali change garnu namilne...khas sabda!!

itsmysite said...
This comment has been removed by the author.
MANYU said...

ठीक छ। प्रगति हुँदै रहेछ।

अलङ्कार अर्याल said...

कविता ढिलो पढेछु ! मिस भएका भेट पनि भै सकेहोलन अहिले त ;)
मिस गरेको बेला आफै लेख्न आउने रहेछ |
राम्रो छ !