Thursday, November 27, 2008

नेपाली धर्ती

फैलिएको थियो मेरो हात
स्वतन्त्र थिए म
स्वाभिमानी मेरो इतिहास
कागजको टुक्रामा बेचियो!

म भित्रको ममत्व लुटियो
प्रत्येक अंग टुक्रामा बाडियो
हेरेर बस्न वाध्य थिए म
प्रतिकार गर्ने सामर्थ्य थिएन!

त्यही घाउ आज फेरी चर्किएको छ
दबाएको गला आज फुकेको छ
आज फेरी बिरोध गर्ने आवाज पाएकी छु
कटीएको मेरो हात जोड्ने मौका पएकी छु!

तेरो महत्व!

त्यो ग्रिश्म याममा झरेको हिउको अर्थ के?
त्यही पग्लीजाने हिउ सरी तेरो महत्व!
निभ्नलागेको दियोको अर्थ छैन मेरो लागि
त्यहिनै तेरो अस्तित्व भो!

बर्खामा बग्ने खहरेको खडेरीमा अस्तित्व के?
सुकेको त्यही बहाव तेरो हो!
कटु वचन तेरो पक्कै होला
तेरो प्रत्येक आवाज सुन्ने मेरो कान अब देखी बन्द भो!

Sunday, November 16, 2008

ति पुराना सपना

टोलाएका ति निरश आँखा
निशब्द छन् ओठहरु
निस्तेज भएका छन् इन्द्रेय सबै
तर चाउरिएका ति हात मा केही गर्ने जोश छ।

प्रत्येक पाइलामा धर्मराउने ति गोडा
हिउ जस्तै फुलेका केशहरु
धमिलिएका छन् चक्षु तिनका
तर सुनौलो भविश्य देख्ने रहर छ।

मन्द भएको मुटुको धद्कन
सुकेका ति निला नसा
बुढेश्कालमा कुप्रीएका तिन्का पिठ्यु
नातिनातिनालाई बुइ बोक्न अझै तयार छ।

हाम्रो वर्तमानका ति बलिया जड
हामी अगाडिका पुस्ताहरु
तिन्ले देखेका प्रत्येक सपना
बिपनामा हामीले पुर्‍याउनु छ।

Wednesday, November 12, 2008

मेरो रहर

म मेरै मौनता मा चकित छु
बिना कुनै संघर्श एसै थकित छु
सक्दिन म नियम कानून लाई मीचेको हेर्न
तर सधैंको नालायकी देखी आजित छु
बदल्न चाहन्छु दुनियाँ लाई
सहि समय को पर्खाइ म छु
गर्न चाहन्छु केही आफ्नै पौरख ले
केवल हौसला र साथ चाहन्छु
अहिले को लागि बाटो छैन
आफ्नै बाटो बनाउन चाहन्छु
इच्छ्या थुप्रै छन् मेरा
पुरा गर्न म अहिले लाई थकित छु, आजित छु।

सायद् फेरी ढिलो भयो

मैले ढिलो गरे
तिम्रो भावना बुझ्न मैले पक्कै गल्ती गरे
तिमी त मलाई कुर्दै थियौ
समय बितेको थाहै पाइन।

बर्सौ सम्म प्रयास गर्यौ
मन मा भएका तिता मिठा कुर भन्न
सायद् मेरो मन नै ढुङ्गा को थियो होला
कुनै बिलाप ले मन पग्लिएन

एक दिन बोलयौ कतै
थुप्रै कुरा भन्नु छ भनेर
म त्यहा पुग्दा कोही थिएन
केवल मेरो नाम मा पत्र छोडेछौ

पढे त्यो चिट्ठी मैले
थाहा पाये तिमी टाढा जादै छौ भनेर
त्यहा जो कोही पुग्न सक्दैन थियो
मैले चाहेर पछ्याउन सकिन

बर्सौ को भावना चिट्ठी मा पोखेर
आफ्नो पिडा संगै माटो मा विलिन भयौ
म तेसै टोलाई रहे
सोचे एस्पल्ट पनि मैले तिमीलाई बुझ्न ढिलो गरे।

Tuesday, November 11, 2008

तिम्रो सम्झना


त्यो मन्द हावा
मलिलो माटोको त्यो सुवास
त्यही हो हामी बसेको छाहरि
केवल तिम्रो कमी छ।

तिम्रो हासोको त्यो झन्कार
हाम्रो पागल्पन को एउटा नमुना
लुकाउन खोजेका ति आसु क ढिक्का
सम्झना को लागि काफी छ।

हामीले गुण्गुनाएका कातिपय गाना
तिम्रो चिच्य्यहाट ठुला र साना
बदाम का ति छरिएका खोस्टा
पोखिएक छन पक्कै तर सम्झना अझै त्यही छ।