Sunday, November 16, 2008

ति पुराना सपना

टोलाएका ति निरश आँखा
निशब्द छन् ओठहरु
निस्तेज भएका छन् इन्द्रेय सबै
तर चाउरिएका ति हात मा केही गर्ने जोश छ।

प्रत्येक पाइलामा धर्मराउने ति गोडा
हिउ जस्तै फुलेका केशहरु
धमिलिएका छन् चक्षु तिनका
तर सुनौलो भविश्य देख्ने रहर छ।

मन्द भएको मुटुको धद्कन
सुकेका ति निला नसा
बुढेश्कालमा कुप्रीएका तिन्का पिठ्यु
नातिनातिनालाई बुइ बोक्न अझै तयार छ।

हाम्रो वर्तमानका ति बलिया जड
हामी अगाडिका पुस्ताहरु
तिन्ले देखेका प्रत्येक सपना
बिपनामा हामीले पुर्‍याउनु छ।

No comments: