Saturday, May 30, 2009

Friday, May 29, 2009

म, मनसुन र तिमी

मनसूनको पानी जस्तो तिम्रो आगमन
क्षणभरलाई हरियाली दिएर जाने
मन मस्तिस्कमा तरंग ल्याउने तिमी
फेरी खडेरिमै म बाचिरहेछु।

उजाड र रुखो मौसममा पहिलो थोपाको सुगन्ध
त्यही सुगन्ध छर्ने तिम्रो आगमन
फेरी सोही बासनाको आनन्द लिन
अर्कोपल्टको त्यही मौसम म कुर्दै छु।

रसिलो बातावरणमा पाउलिने यो मन
मायाको प्याला तिम्रो चाहदैछ
तिम्रो त्यो भरिलो मायाको आसमा
मेरो मन मनसुन कुर्दै छ।

आँखामा माया

शब्द खोज्दा शब्दकोश सकियो
भेटिन कुनै एक
माया यो अचम्म को
बुझिन्छ बोली बाहेक

आँखा को भाखा आनौठो लग्ने
सुरिलो सुर झै मिठो
तिर्खा हो कस्तो मेटिन्न कहिले
तर बित्छ हरेक पल छिटो

मनमा कुरा लुकाउन खोज्दा
आँखाले सबै बोल्यो
होइन भनी ओठले भने
तर लाजले आँखा निहुरियो ।

Saturday, May 23, 2009

मन

बिछिप्त मन को बेदना
बेगले बग्ने आसुको बहाव
विकराल छ मनको मर्म
बुझिदिने को छ खै?

निरिह भई निहुरिएका नयन
निरासाले निमिट्यान्न भएका हासो
निर्मोहिका ति निरस वचन
बिर्साइदिने छ र कोही?

सपनाको त्यो सुन्दर सहर
सुनौलो संसारको सुकुमार
सोच्दैछु म त्यो सपना
सम्भव बनाउने सौभाग्य होला कतै?